
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. १२ करोड ५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशत कम हो । गत आवमा कम्पनीले रू. १५ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको इम्पेयर मेन्ट चार्ज गत आवमा रू. ५ करोड ८३ लाख छुट्याएकोमा चालू आवमा रू. १० करोड १३ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालननाफा २१ प्रतिशत घटेको हो ।
चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८६ पैसा रहेकोमा चालू आवमा घटेर ४० रुपैयाँ७८ पैसामा झरेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव १२ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३ दशमलव २६ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १८ करोड रहेको छ भने कम्पनीले जगेडामा रू. १ अर्ब २३ करोड र रिटेन्ड अर्निङमा रू. ९५ करोड ६१ लख सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३२ लदशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ०१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस