aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विकास बैंकले पनि घटाए निक्षेपको ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
विकास बैंकले पनि घटाए निक्षेपको ब्याजदर

काठमाडौं ।  आधादर्जन विकास बैंकहरुले निक्षेत खाताको ब्याजदर घटाएका छन् । विहीबार सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका हुन् । 

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदमा कामना सेवा विकास बैंकले मंसिर महिनाका लागि साधारण बचत खातामा ५.२५ प्रतिशत ७.२८ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योति विकास बैंकयी पाँचवटै बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९.४०५ ब्याजदर दिने सूचनामा उल्लेख गरेका छन ।

यी विकास बैंकहरुले कात्तिक महिनामा औषतमा १०.२५ प्रतिशत रहेकोमा मंसिरमा घटेर औषत ब्याजदर ९.७४ प्रतिशतसम्म मुद्दती खाताको ब्याजदर झारेका हुन । लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकले भने ०.३५ प्रतिशतले ब्याजदर मात्र बढाएका हुन । यी दुई बैंकले काक्तिकमा १०.६० प्रतिशतसम्म पुर्याएका थिए । 
 

प्रतिक्रिया दिनुहोस