aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एलआईसीले सीआईटीको शेयर बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
एलआईसीले सीआईटीको शेयर बिक्री गर्दै

 काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्न लागेको छ । 
कम्पनीले कोषको ५० हजार कित्ता संस्थापक शेयर बोलकबोलबाट असोज २८ गतेदेखि कात्तिक १८ गतेसम्म बिक्री गर्न लागेको हो । 
उक्त शेयरमा बोलकबोल मार्फत खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू.१ हजार ५९५ मा नघट्ने गरी आवेदन दिनुपर्ने छ । 
कम्पनीको शेयरमा बोलकबोलबाट बैंक वित्तीय संस्था र बीमा कम्पनी बाहेक अरुले  आवदेन दिन नपाउने हुँदा यी संस्थाले कतिमा खरीद गर्ने हो सो खुलाई २१ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । 
नेपाल एसबीआई मर्चेण्ट बैंकिङका शाखा र लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालयबाट रू. १०० नगद भुक्तानी गरी बोलपत्र आवेदन फारम पाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस