aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सर्वसाधारणमा शेयर जारी गर्दै सिद्धार्थ बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
सर्वसाधारणमा शेयर जारी गर्दै सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले पहिलो चरणमा संस्थापक शेयरधनीहरूलाई मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हनु नसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरेको हो ।

बैंकले प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ९५ हजार १० कित्ता शेयर विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस