
काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
बैंकले यस वर्ष नगद लाभांशमात्रै वितरण गर्ने भएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष बैंकले शेयरधनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश र १८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस