aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको ४९१ औँ संचालक समितिको बैंठकले रोशन केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । विगत ९ वर्षदेखि माछापुच्छ«े बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहेका थिए । 

हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व उनले गर्दै आएका थिए । उनी सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदै आएका छन् ।   
 

प्रतिक्रिया दिनुहोस