
काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा इतिहास आजसम्मकै कम लाभांश वितरण गर्ने भएको छ । नबिल बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत मात्र नगद लाभांश दिने प्रस्ताव गरेको छ । नबिल बैंकले यसपाली बोनश शेयर पनि दिएको छैन् । बैंकले ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको छ । बैंकका अध्यक्ष उपेन्द्रकेसरी पौडेलले बैंकमा आर्थिकमन्दीको असर र मर्जको दायित्वका कारण यस पटक लाभांश कम दिएको बताएका छन् ।
नेपाल बंगालादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब पुगेको छ । बोनस शेयर दिदाँ आगामी वर्ष अहिले दिएजतिकै पनि लाभांश दिन नसक्ने अवस्था आएपछि नबिल बैंकले नगद लाभांश मात्र वितरण गर्न पुगेको बैंक बैंकका अध्यक्ष पौडेल बताउँछन । अध्यक्ष पौडेलले भने, ‘यस वर्ष पनि लाभांश धेरै दिएको भएमा हामीसँग अझै पनि पूँजी रिजर्भ सहित लगभग ५/६ प्रतिशत अवितरित नगद नै रहने छ ।’
नविल बैंकको लाभांश इतिहास
प्रतिक्रिया दिनुहोस