
काठमाडौं । आईसीएफसी फाइनान्स र नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने तयारी गरेका छन । दुवै कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
आईसीएफसी फाइनान्सले सात वर्षे अवधिको वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ भने नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरको २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ ।
बोर्डले स्वीकृति दिएमा आईसीएफसी फाइनान्स ऋणपत्र निष्कासन गर्ने पहिलो फाइनान्स कम्पनी बन्नेछ ।
प्रतिक्रिया दिनुहोस