aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले  विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले शुक्रबार टोखा नगरपालिका वडा नं. ६ टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । 

यस शाखासंगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस