aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चेतन शिल दूग्ध उत्पादन सहकारीको  साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ मंसिर २०८०
चेतन शिल दूग्ध उत्पादन सहकारीको  साधारणसभा सम्पन्न

काठमाडौं । हेटौंडा १७ मा रहेको चेतन शिल दूग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा कार्यक्रम र हेटौंडा ६ मा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ।नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति  ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीता जनाउँदै बानियाले भने, 'नेपालको गरिबी निवारणका लागि सहकारी नै सशक्त माध्यम हो । सहकारीलाई व्यवस्थित र सहकारीको सिद्धान्त अनुसार चलाएमा यसले साना साना पुँजीलाई संकलन गरि औद्योगिककरणका लागि ठूलो पुँजी जुटाउन सहयोग गर्छ ।' 

प्रतिक्रिया दिनुहोस