aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले लिला बहादुर गुरुङको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कायालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने जानकारी बैंकले दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस