
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडका दुई शाखा कार्यालयहरु गभिने भएका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
इलाम नगरपालिका वडा नं. ७ चोक बजारमा रहेको शाखा निकुञ्जपथमा रहेको तत्कालिन सनराइज बैंकको शाखा रहेको स्थानमा गाभिएर कार्यालय रहने भएको छ । साथै, भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको शाखा भिमदत्त नगरपालिका वडा नं. ४ को गल्ली नं. २ मा रहेको तत्कालिन लक्ष्मी बैंकको शाखा रहेको स्थानमा कार्यालय रहेने भएको छ ।
यी शाखाहरु यहि मंसिर १७ गतेदेखि गाभिई कार्यसम्पादन गर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस