aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हायर पर्चेज कर्जा दिने संस्थामाथि थप कडाई, प्रमुख पदमा अयोग्य हुने नयाँ मापदण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
हायर पर्चेज कर्जा दिने संस्थामाथि थप कडाई, प्रमुख पदमा अयोग्य हुने नयाँ मापदण्ड

काठमाडौं । हायर पर्चेज कर्जा दिने संस्थालाई नेपाल राष्ट बैंकले थप कडाई गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन २०८०)” संशोधन गर्दै यस्तो व्यवस्था परेको हो । सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुखका लागि अयोग्य हुने अवस्था देहायको अवस्थामा कुनै व्यक्ति सञ्चालक÷प्रबन्ध सञ्चालक/ कार्यकारी प्रमुख पदको लागि अयोग्य मानिने छ ।

 प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई नसकेको व्यक्ति सञ्चालक बस्न नपाइने भएको हो । टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति पदमा बस्न पाउने छैन । कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको व्यक्ति पदमा बस्न नपाउने संशोधित निर्देशनमा उल्लेख छ ।

 आफ्नो पूर्व कारोबारमा यस बैंकबाट निलम्बन गरिएको वा यस बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनवाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाई नपाएको व्यक्ति पदमा बस्न नपाउने व्यवस्था गरेको छ । 

त्यस्तै, कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर  लिएको हुनुपर्ने व्यवस्था गरेको छ । तर, २५ लाख रुपैयाँ वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुने छैन । 

 

प्रतिक्रिया दिनुहोस