
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले नबिल बैंकलाई ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ३ करोड ऋणपत्र विक्री गर्न बैंकलाई मङ्सिर १० गते स्वीकृति दिएको हो ।
सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ ।
यो ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि गत असार १७ गते बोर्डमा निवेदन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस