
काठमाडौं । कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले अम्बर बहादुर तारमी मगरको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस