aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएमबी बैंकले यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ मंसिर २०८०
एनएमबी बैंकले यस वर्ष लाभांश नदिने

काठमाडौं । एनएमबी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय बैंकले गरेको हो । गत वर्ष ८ दशमलव २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो । 
 

प्रतिक्रिया दिनुहोस