
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रूपैयाँको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरको थियो ।
प्रतिक्रिया दिनुहोस