
काठमाडौं । बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा असोज ३० गते नक्सालको एलिस बैंक्वटमा हुने भएको छ । साधारण सभामा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश पारित गर्ने विषय रहेको छ । बैंकको लाभांश असोज १५ गतेसम्म कायम शेयरधनीले पाउन सक्नेछन् । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड छ । प्रस्तावित बोनस शेयर वितरणपछि पुँजी ८ अर्ब ५४ करोड ६८ लाख पुग्नेछ ।
बैंकले गत आवमा १ अर्ब ९३ करोड ८२ लाख १९ हजार नाफा कमाएको छ । सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड १ लाख ९८ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस