aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सहयोगी विकास बैंकका सञ्चालक सदस्य पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
सहयोगी विकास बैंकका सञ्चालक सदस्य पक्राउ

काठमाडाैं । जालसाजी तथा ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक जनकपुरका संचालक समिति सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई पक्राउ गरेको छ।

जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी विक्री गरेको अभियोगमा जिल्ला अदालत धनुषाले यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो। फरार रहेका यादवलाई प्रहरीले आज बलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो।

पीडित रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले जालसाजी तथा ठगी गरेको अभियोगमा अभियूक्त दिपेन्द्र कुमार यादव दिपुको नाममा गत साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी फरार रहँदै आएका थिए।

रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासस्थित ५ कठ्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए।

प्रतिक्रिया दिनुहोस