
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस १७ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेप्सेमा सार्वजनिक गरेको सूचनामा वार्षिक साधारण सभा हुने मिति र स्थान वारे भने जानकारी दिइएको छैन । उक्त साधारण सभाको लागि भने कम्पनीले मङ्सिर २९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मङ्सिर २८ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस