aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
मितेरी डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी राधिका कार्कीको नाममा रहेको यो शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ, धरान, सुनसरीमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस