aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

पुरानो लाभांश लिन एनसीसी बैंकको ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
पुरानो लाभांश लिन एनसीसी बैंकको ताकेता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले पुरानो लाभांश लिन अनुरोध गरेको छ । यस बैंकमा मर्ज भई एकीकृत कारोबार भएका साविकका इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकका विभिन्न वार्षिक साधारण सभाबाट पारित भई वितरण गरेको लाभांश लिन बोलाएको हो । 

बैंकले डिम्याट खाता नम्बरका साथ परिचय पत्र लिई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय सनराइज क्यापिटलमा सम्पर्क राखी लाभांश लिन अनुरोध गरेको हो । 
उल्लेखित समयभित्र लाभांश लिन नआएमा ५ वर्ष पूरा भई लिन बाँकी रहेको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।   

प्रतिक्रिया दिनुहोस