aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

उपकार लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
उपकार लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । गत वर्ष ६५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।

गत वर्ष कम्पनीले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २५ प्रतिशत नगद लाभांश दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी १० करोड ६१ लाख ४८ हजार रूपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस