
काठमाडौँ । नेपाल राष्ट्र बैंकले थप एक कम्पनीलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको असोज २७ को निर्णय अनुसार स्मार्ट कार्ड नेपाल प्रा.लि. लाई यस्तो अनुमति प्राप्त भएको हो ।
स्मार्ट कार्ड नेपालले जारि गरेको बिज्ञप्ति अनुसार नेपाल राष्ट्र बैंकले सो कम्पनीलाई भुक्तानी तथा फछोट विनियमावली अनुसार अनुमति पत्र उपलब्ध गराएको हो। स्मार्ट कार्ड नेपाल प्रा.लि. वि.सं. २०७१ सालमा स्थापना भएको डिजिटल प्रविधियुक्त पेमेन्ट एण्ड डिपोजिट गेटवे कम्पनी हो ।
कम्पनीले अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्कयाच कार्ड र डिजिटल वालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवाप्रवाह गर्ने जनाएको छ ।कम्पनीको आफ्नै प्रिपेड स्क्रयाच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तरुन्तै रकम जम्मा गर्न सकिने छ ।
त्यसैगरी उक्त प्रिपेड स्क्रयाच कार्ड मार्फत कम्पनीको आफ्नै डिजिटल वालेट लोडगरी सोही वालेट मार्फत विभिन्न आर्थिक कारोवारहरु गर्न सकिनेछ। कम्पनीका अनुसार यसले सम्पूर्ण प्रयोगकर्ता समक्ष वित्तिय पहुँच पुयाउनुका साथै नगद रहित कारोवारलाई प्रोत्साहन गर्दै सानो-सानो पैसालाई समेत बैंकीङ्ग च्यानलमा ल्याई बचत गर्ने बानीको विकासलाई प्राथमिकता दिदै नेपालको विषेश गरी ग्रामिण भेगमा समेत सेवा प्रवाह गर्ने तयारी गरेको छ ।
कम्पनीले बिधुतिय कारोबारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने बताएकोछ । कम्पनीले आफ्नो सेवा प्रवाहको लागि वेब एप्लीकेसन र एन्द्रोइड र आईओएस दुबै रहेको मोबाइल एप्लीकेसन तयार गरेको छ। उक्त एप्लीकेसनहरु अफलाईन मोडमा समेत चलाउन सकिने छ । अब चांडै सेवा सुचारु गर्ने समेत कम्पनीले जनाएको छ ।
यो कम्पनीका संचालकहरुमा प्रताप जंग पाण्डे, अम्बिका प्रसाद पौडेल, चिरञ्जीवी थापा, तिलक बहादुर रानाभाट, रमेश दियाली लगायतका रहेका छन् भने प्रमोटर शेयर सदस्य सनराइज होल्डीड्स प्रा.लि., सुवास आमात्य, रमेश कुमार पण्डित छन् ।
प्रतिक्रिया दिनुहोस