
काठमाडौं । साना किसान विकास लघुवित्तले यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रूपैयाँको आधारमा कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कुल लाभांशमध्ये १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश रहको छ । यस वर्ष कम्पनीले गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस