काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश बिहीवारसम्मका कायम शेयरधनीहरुले पाउनेछन् । बैंकको शेयरधनी दर्ता किताब बन्द कात्तिक १ गते हुने भएकाले असोज ३० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बैंकको बाह्रौ वार्षिक साधारण सभा कार्तिक १५ गते हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस