aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

काठमाडौं । भिवोर क्यापिटले नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पुँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार ( मर्चेण्ट बैंकिङ ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।
 समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजी बजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस