
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले आफ्नो साँगा शाखा कार्यालयमा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई दाबी भुक्तानी गरेको हो ।
गिरीको गत साउन ३१ गते सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । वित्तीय संस्थाको तर्फबाट बीमा बापतको रकम १० लाख रुपैयाँ र कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा रकम ११ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।
उक्त भुक्तानी उनको परिवारलाई संस्थाको केन्द्रीय कार्यालय दुलेगौंडा तनहुँका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस