
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस