aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बिओकेको ब्लू चिप्सको विल्ला कता हरायो ? फोर्स मर्जको विरुद्धमा लगानीकर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
बिओकेको ब्लू चिप्सको विल्ला कता हरायो ? फोर्स मर्जको विरुद्धमा लगानीकर्ता

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)को २५ औं वार्षिक साधारणसभामा शेयरधनीहरुले एक समय शेयर बजारमा ब्लू चिप्सका रुपमा रहेको बैंक ब्लू चिप्सको छेउमा पनि  नपुगेको गुनासो गरेका छन् । बैंकको साधारणसभा सबै सञ्चालक सहभागी  नभएको प्रति लगानीकर्ताहरुले गुनासो गरेका थिए । साधारणसभामा बोल्ने अधिकांश शेयरधनीहरुले बैंकका सबै सञ्चालक एकमत भएर साधारणसभा नगरेको प्रति शंका व्याख्त गरेका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकले फोर्स मर्जर लगानीकर्ताको हितमा नहुने प्रतिक्रिया दिएका छन् । 

पुँजी वृद्धि योजनाले यस अगाडि पनि शेयर बजारमा त्यसैको असर अझै रहेको भन्दै उनीहरुले फोर्स मर्जरको विरुद्धमा उत्रिने समेत चेतावनी समेत दिएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले शेयरधनीको प्रश्नमा  जवाफ दिँदै भने, ‘फोर्स मर्जरको विषयमा नेपाल राष्ट्र बैंकको हरेक निर्देशन कार्यान्वयन गर्नु पर्छ तर,  मर्जरपछि कर्मचारी व्यवस्थापन एकदमै जटिल छ ।’ उनले बिओकेले पहिले नै लुम्बिनी बैंकसँग मर्ज गरिसकेको हुनाले नेपाल राष्ट्र बैंकले भनेको जस्तो विवाह नै गर्ने भने पनि अब अर्कोसँग विवाह गर्न नेपालको कानूनले दिँदैन होला । 

बैंकको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर पारित गरेको छ ।  शेयरधनीहरुले बैंकका लगानीकर्ताहरुको शेयरमा देखिएको सानो सानो युनिटलाई समेत बैंकले समायोजन गरेर लगानीकर्तालाई राहत दिन आग्रह गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस