aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एन आई सी एशिया बैंकले ल्यायो क्यास ब्याक तथा डिस्काउण्ट योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
एन आई सी एशिया बैंकले ल्यायो क्यास ब्याक तथा डिस्काउण्ट योजना

एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल भुक्तानीहरुमा क्यास ब्याक तथा डिस्काउण्ट सहितका योजनाहरु सार्वजनिक गरेको छ । 

उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोÞ बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम रु. १ हजारसम्मको क्यास ब्याक तथा डिस्काउण्ट प्राप्त गर्न सक्ने छन् । 

ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा उक्त योजना ल्याएको हो । 

उक्त योजना अन्र्तगतः दराजमा अनलाइन कार्डबाट झुक्तानी गर्दा , खल्तिमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको क्युआर कोर्डबाट झुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १ हजारसम्मको क्यास ब्याक पाउन सक्ने छन्  । साथै, पीओएसबाट झुक्तानी गर्दा १०% वा उच्चतम रु. ५ सयसम्मको क्यासब्याक पाउने छन् ।

यसैगरि बैंकको माÞे बैंकीङबाट एनटीसी तथा एनसेलको रिर्चाज गर्दा १०% वा उच्चतम रु. १०० सम्मको क्यास ब्याक पाउने छन । 
यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस