aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडको सीइओमा प्याकुरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडको सीइओमा प्याकुरेल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक समारोहका बीच पदबहाली गरेका छन् । उनलाई कार्तिक १ गतेबाट लागु हुने गरी चार वर्षका लागि सो पदमा नियुक्त गरिएको राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ ।

अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैङ्किङ्ग तथा पूँजीबजारमा १५ वर्षभन्दा बढिको अनुभव रहेका प्याकुरेल यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।

राष्ट्रिय वाणिज्य बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका संचालक केशवप्रसाद लम्सालले प्याकुरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।

आरबीबी मर्चेन्ट बैङ्किङ्गको हाल २० करोड चुक्तापुँजी छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, मूख्य प्रबन्धक एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस