
काठमाडौं । मेगा बैंक नेपालले नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते गर्न लागेको छ । सभाले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य गर्न संचालकलाई अख्तियारी दिने विषय रहेको छ । बैंकले कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई २१ गतेसम्म बैंकको शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडमा प्राप्त हुने शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस