aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सनराइज बैंकद्वारा प्रभातफेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
सनराइज बैंकद्वारा प्रभातफेरी

काठमाडौं । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक ‘हामी सँगसँगै’भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।  

 सो प्रभातफेरी कार्यक्रम केन्द्रीय कार्यालय गैरीधाराबाट शुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलादी गणेश मन्दिर,  रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुँदै पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु दीपक नेपाल र  शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायत  करिब ५०० कर्मचारीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस