
काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले सोमबार मूल्य रेन्ज तोकेको छ । योजनाको इकाईको पहिलो कारोबारको लागि नेप्सेले १० देखि १० मूल्य रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको इकाई कारोबारका लागि सीएमएफ २ स्टक सिम्बोल प्रदान गरेको छ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो दोस्रो सामुहिक लगानी योजना हो । आइतबार योजनाको ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस