aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

ग्लोबल आइएमई लघुवित्तको लिलामी मंगलबारसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
ग्लोबल आइएमई लघुवित्तको लिलामी मंगलबारसम्म

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २१ देखि भदौ २३ गतेसम्म हकप्रद जारी गर्दा बिक्री हुन नसकेको सर्वसाधारण तर्फको ५६ हजार ५६१ कित्ता शेयर असोज २८ गतेदेखि लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुदा लिलामी भर्दा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतम १० अंकले भाग जाने गरी २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस