aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

स्टान्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
स्टान्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । गत वर्ष १७.५% मात्र नगद लाभांश दिएको स्टान्डर्ड चार्टर्ड बैंकले यस वर्ष २२.५०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै, बैठकले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ । अब नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस