
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर कात्तिक २४ गतेदेखि बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट असोज १५ गते स्वीकृति पाएसँगै कम्पनीले २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता साधारण शेयरको हकप्रद निष्कासन गर्न लागेको हो ।
कम्पनीले कात्तिक ६ गतेसम्मका कायम शेयरधनीका लागि विद्यमान १ कित्ता साधारण शेयर बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद निष्कासन लागेको हो । कम्पनीको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको हाल चुक्तापुँजी १६ करोड २० लाख ६ हजार २५० रहेको छ । हकप्रद बाँडफाँडपछि पूँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस