
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद दिई करको लागि शून्य दशमलव ७९ प्रतिशत नगद प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले लाभांश संशोधन गर्न भनेपछि कम्पनीले शून्य दशमलव ७९ प्रतिशत नगद नदिने निर्णय गरेको छ ।
कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको चुक्ता पँुजी २० करोड ७४ लाखभन्दा बढी रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस वितरणपछि पँुजी २२ करोड ८१ लाख ४० हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस