aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मल्टीपर्पसको लिलामी शेयर भर्ने भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
मल्टीपर्पसको लिलामी शेयर भर्ने भोलि अन्तिम दिन

काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनीको लिलामी शेयरमा बोलकबोल गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूहतर्फको १८ लाख ६० हजार ७२१ कित्ता शेयर र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता अवितरित शेयर लिलामीमा ल्याएको हो ।
यसअघि कम्पनीले असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रदमा आवेदन माग गर्दा पूर्ण आवेदन नपरेपछि बाँकी शेयर लिलामीमा विक्री गरेको हो । 

प्रतिक्रिया दिनुहोस