
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गरेको छ । यो लघुवित्तले प्रति शेयर एक सय रुपैयाँका दरले ४ लाख ६३ हजार ३०० कित्ता शेयरको निम्ति आईपीओ जारी गरेको हो ।
यो शेयरमा पनि ४ लाख ४२ हजार ९९० कित्ता शेयर सर्वसाधारणको लागि २३ हजार एक सय ६५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ७ हजार १४५ कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको यो लघुवित्तले जानकारी दिएको छ ।
यो लघुवित्तले न्युनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने गरी शेयर निष्कासन गरेको छ । यसको शेयर आवेदन यही बैशाख २७ गतेबाट खुला हुने भएको छ । यसको आवेदन ३१ गतेभित्रै बन्द हुने छ ।
जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रहेको यो वित्तीय संस्थाले ३२.१० प्रतिशत रकमको लागि शेयर जारी गरेका हो । यसको प्रतिशेयर आम्दानी अहिले ३ रुपैयाँ ९५ पैसा छ । यसको प्रति शेयर आम्दानी तीन वर्षमै ३८ रुपैयाँ २१ पैसा पुग्ने पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस