aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सनराइज फष्टको इकाईमा आवेदन दिने विहीबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
सनराइज फष्टको इकाईमा आवेदन दिने विहीबार अन्तिम दिन

काठमाडौं । असोज ८ गतेदेखि प्राथमिक बजारमा निष्कासन भएको सनराइज फष्टको इकाईमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले अवधि लम्बाएर कात्तिक ७ गतेसम्मको मिति तय गरेको थियो । 

यसअघि योजनाको इकाइमा आवेदन दिने छिटो अवधि असोज १२ गतेलाई तोकेको थियो । उक्त अवधिसम्म तोके बमोजिम आवेदन नपरेपछि अवधि थप भएको हो । विहीबारसम्म सबै इकाई विक्री हुनेमा विश्वस्त रहेको विक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ ।

योजनाले १० रुपैयाँ अंकित दरको १० करोड कित्ता इकाइ विक्रीमा ल्याएको थियो । जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको थियो । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन । 


 

प्रतिक्रिया दिनुहोस