aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कुमारी बैंकको नाफा ३६ प्रतिशतले  बढ्यो, बैकले कमायो १ अर्ब नाफा

कुमारी बैंकको नाफा ३६ प्रतिशतले  बढ्यो, बैकले कमायो १ अर्ब नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
कुमारी बैंकको नाफा ३६ प्रतिशतले  बढ्यो, बैकले कमायो १ अर्ब नाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वषैको त्रैस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्षको तुलनामा २६ करोड ६९ लाख ७० हजार रुmर्पैयाँले नाफा बढाएको छ । अघिल्लो वर्ष बैंकले ७३ करोड ६३ लाख १८ हजार  रुपैयाँमात्रै यस्तो नाफा कमाएको थियो । 

यो बैंकको शेयर पुँजी ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यसले यो अवधिसम्ममा ६९ अर्ब रुपैयाँ ग्राहकबाट संकलन गरेर ६९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


यसले यो समयमा व्याजबापत ६ अर्ब ७३ करोड संकलन गरेर व्याज खर्चमा ४ अर्ब ५० करोड खर्चिएको छ । यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकको पुँजी कोष ८.२९ प्रशित, आधार दर ११.०२ प्रतिशत र औषत व्याजदर ३.६१ प्रतिशत छ । बैंकको सीडी रेसियो ७८.५९ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस