aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

स्पर्स लघुवित्तको नाफा ५५ लाखभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
स्पर्स लघुवित्तको नाफा ५५ लाखभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५५ लाख ७ हजार खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा कम्पनी  ३१ लाख ४ हजार घाटामा रहेको थियो 
चुक्तापूँजी रू. ८ करोड २९ लाख ६३ हजार रहेको कम्पनीले पहिलो त्रैमासमा जगेडा कोष रकममा  २ करोड १३ लाख ३५ हजार राखेको छ  । १९ करोड २६ लाख ९१ हजार निक्षेप संकलन गरेको छ । जुन गत वर्षभन्दा १४३ प्रतिशतले बढी हो । यस वर्ष कम्पनीले लगानीकर्ताका लागि १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव ५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस