aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिद्धार्थ बैंकको लाभांश पारित, अब चुक्तापूँजी ९ अर्बमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
सिद्धार्थ बैंकको लाभांश पारित, अब चुक्तापूँजी ९ अर्बमाथि

            
काठमाडौं । सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारणसभाले प्रस्तावित २५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको विहीबार सम्पन्न साधारणसभाले १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

साथै बोनस शेयर जारी पश्चात हुने पुँजी वृद्धिका विषय समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयलाई पनि सभाले स्वीकृति दिएको छ । यो सभा प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २८ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन पाएका थिए ।

बैंकको खुद नाफा  १ अर्ब ९० लाख रुपैयाँबाट वृद्धि भई २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यस आर्थिक वर्षको लागि बैंकले ३ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । बैंकको चुक्तापूँजी ८ अर्ब ४६ करोड रुपैयाँ बाटवबृद्धि भई ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुगेको छ । सोही चुक्तापूँजीलाई आधार मानी यस वर्ष लाभांश दिएको हो ।

१० प्रतिशत बोनस पश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ७७ करोड ६३ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । बैंकको चुक्तापूँजीमा ५१ प्रतिशत संस्थापक शेयरधनीहरुको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनीहरुको हिस्सा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस