
काठमाडौं, चैत २१ । ओरियन्टल को-अपरेटिभ, भेगास अपार्टमेन्ट र कोहिनुर हिल हाउजिङ्ग लगायतका सहकारीमा विभिन्न मितिमा जम्मा भएको वचत तथा लगानीकर्ताहरुको रकम ठगी गरेका शुधिर बस्नेत पक्राउ परेको छ ।
उनले चार अर्व उन्नन्सय करोड तेह्र लाख एक्कासी हजार तीनसय चौविस वरावरको रकम हिनामिना तथा ठगी गरेको उजुरु परेको थियाे ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौवाट छानविन पश्चात थप अनुसन्धान तथा कारवाहीको लागी काठमाडौ परिसरमा प्राप्त किटानि प्रतिवेदन दिएको थियो । ४४ वर्षे वस्नेतलाइै बुधबार काठमाडौं वानेश्वर भिमसेनगोलावाट पक्राउ गरेको हो ।
ओरियन्टल को-अपरेटिभ सहकारीका अध्यक्षसमेत रहेका वस्नेतलाई पक्राउ गरी सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा सहकारी ठगी तथा संगठीत अपराधमा महानगरीय प्रहरी परिसर काठमाडौमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस