aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पहिलो त्रैमासमा सिटिजन्स बैंकको करिब ३५ करोड नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
पहिलो त्रैमासमा सिटिजन्स बैंकको करिब ३५ करोड नाफा

काठमाडौं । चालू आवको पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरेनसनले ३४ करोड ९१ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले घटेको हो ।
 नाफा गत आवको सोही अवधिमा  ४२ करोड ८८ लाख कमाएको थियो । गत आवको तुलनामा चालू आवको पहिलो त्रैमासमा  ७ करोड ९६ लाखभन्दा बढी नाफा घटेको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाले नाफा घटेको हो । बैंकले वाणिज्य बैंक मध्ये सबैभन्दा पहिला त्रैमासिक रिपोर्ट निकालेको छ । बैंकको वितरणयोग्य नाफा २१ करोड रहेको छ । 
गत आवको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापुँजी ८ अर्ब ६२ करोड पुगेको छ । रिजर्भ कोषमा २ अर्ब ९५ करोड जम्मा भएको छ । प्रतिशेयर आम्दानी  १६ दशमलव २०, मूल्य आम्दानी अनुपात ११ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ  १३७ दशमलव १८ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस