aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रभु बैंकको ऋणपत्रको कात्तिक २१ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
प्रभु बैंकको ऋणपत्रको कात्तिक २१ गतेदेखि

काठमाडौं । प्रभु बैंकले कात्तिक २१ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मङ्सिर २० गतेसम्म रहेको छ । 
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतममा ४ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजरदरमा वि.स २०८६ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने एलबीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले बैंकलाई समयमा वित्तिय दायित्व पूरा गर्ने तथा न्यून कर्जा जोखिम रहने संस्थाको रुपमा देखाउँछ । 
 

प्रतिक्रिया दिनुहोस