
काठमाडौं । सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभाबाट पारित १५ दशमलव २६ प्रतिशत नगद लाभंश र १० प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ । उक्त लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गर्न लागेको हो ।
बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र शेयर प्रमाणपत्र अभौतिकिकरण नगराएका शेयरधनीलाई शेयर प्रमाणपत्र अभौतिकिकरण गराइ हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । साथै, शेयर धितो राखेका शेयरधनीको हकमा लाभांश पाउनको लागि समयमा नै सम्बन्धित बैंक तथा वित्तिय संस्थाको स्वीकृति पत्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस