aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

महालक्ष्मी विकास बैंक लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
महालक्ष्मी विकास बैंक लाभांश दिँदै

काठमाडौं । महालक्ष्मी विकास बैंकको १८औं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ ।  साधारण सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे वमाोजिम बैंकले गत आवको मुनाफाबाट चुक्ता पँुजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ९ दशमलव ८९४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । 
बैंकको विशेष प्रस्तावमा शेयर स्वामित्व परिवर्तन गरी संस्थापकसमूहको ५२ दशमलव ४९ प्रतिशत र सर्वसाधारण समूहको ४७  दशमलव ५१ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने, यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थासँग गाभ्न, गाभिन उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ अख्तियारी दिने प्रस्ताव पारित गर्ने जस्ता विषय रहेको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस